लागुऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध विद्यार्थीलाई सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लागुऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध विद्यार्थीलाई सचेतना

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८३, बिहीबार

    तनहुँ, ३ मंसिर । टिम नेपो तनहुँको आयोजना तथा जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा व्यास नगरपालिका–१०, बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन तथा साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ।

    विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का १०१ जना विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम टिम नेपो तनहुँकी अध्यक्ष मनीषा आलेको अध्यक्षतामा भएको थियो।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक मोहनविक्रम श्रेष्ठले लागुऔषध दुर्व्यसनका कारण, यसले व्यक्ति, परिवार र समाजमा पार्ने असर, रोकथामका उपाय तथा साइबर अपराधका विभिन्न स्वरूप र त्यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

    त्यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी हवल्दार गंगा विकले मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण प्रदान गरिन् । उनले विद्यार्थीलाई मानसिक तथा सामाजिक समस्याको पहिचान, समाधानका उपाय र आवश्यक परेको अवस्थामा परामर्श लिनुको महत्त्वबारे जानकारी गराइन् ।

    कार्यक्रममा टिम नेपोका केन्द्रीय सहसचिव सुजन लौडारी, टिम नेपो तनहुँका पूर्वअध्यक्ष गोविन्द तिमल्सिना, विद्यालयका सहायक प्रधानाध्यापक सीमा श्रेष्ठ, शिक्षक, क्लबका सदस्य तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन किशोर न्यौपानेले गरेका थिए ।