रास्वपा तनहुँको कोषाध्यक्षमा सीता विक मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा तनहुँको कोषाध्यक्षमा सीता विक मनोनित

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८३, सोमबार

    तनहुँ, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको कोषाध्यक्षमा सीता विक मनोनित भएकी छन् ।

    पार्टीको आज बसेको जिल्ला बैठकले जिल्ला सदस्यसमेत रहेकी विकलाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले विक कोषाध्यक्षमा मनोनित भएको जानकारी दिए ।

    यसैबीच, रास्वपा तनहुँले विभिन्न जिल्ला विभागमा सदस्य पदका लागि आवेदन खुला गरेको छ । पार्टीले जिल्ला संगठन विभाग, जिल्ला आरएटी विभाग, जिल्ला अभियान तथा प्रचारप्रसार विभाग, जिल्ला स्वदेश सम्पर्क विभाग र जिल्ला युवा सशक्तीकरण तथा खेलकुद विभागमा सदस्यका लागि आवेदन आह्वान गरेको हो ।

    पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ र सक्रिय बनाउने उद्देश्यले विभिन्न विभागमा सदस्य चयन गर्न आवेदन खुला गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।