कस्तो छ आजको मौसम अनुमान ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कस्तो छ आजको मौसम अनुमान ?

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    काठमाडौ : शुक्रबार दिउँसोको मौसममा सामान्यतया देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ।

    जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भईरहेको छ ।

    मौसम बदलीका कारण केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

    अहिले  देशभर सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।