म्याग्दे दमौली सम्पर्क समाजद्वारा मृतक परिवारसँग भेटघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे दमौली सम्पर्क समाजद्वारा मृतक परिवारसँग भेटघाट

    विवि श्रेष्ठ

    २६ भाद्र २०७७, शनिबार


    तनहुँ : म्याग्दे दमौली सम्पर्क समाजका पदाधिकारीले जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवार र घाइतेसँग भेटघाट गरेको छ । ऋषिङ गाउँपालिका–१, देउलीखोलामा गत सोमबार भएको जीप दुर्घटनामा ज्यान गुमाएका जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी होमवहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठको परिवारलाई शनिबार भेटी समाजले समवेदना व्यक्त गरेको छ ।

    म्याग्दे गाउँपालिका पुख्र्यौली घर भई हाल दमौली बस्ने व्यक्तिहरुको परिवारमा पर्ने दुःख समस्यामा पर्ने परिवारलाई सहयोग गर्ने उद्देश्य स्वरुप समाज गठन भएको थियो । समाजले आपतविपत, दुर्घटना, प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्ने अध्यक्ष भाग्यशाली ढुङ्गानाले बताउनुभयो ।
    ढुङ्गानाको नेतृत्वमा गएको टोलीले जीप दुर्घटनामा घाइते भएकोहरुलाई भेट गरि शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । परिवारको आर्थिक अवस्था हेरी विपन्न परिवारलाई सक्दो आर्थिक सहयोग गर्ने समाजका उपाध्यक्ष मनिराज थापाले बताउनुभयो ।