ला लिगामा आज चार खेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ला लिगामा आज चार खेल

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) राति विभिन्‍न चार खेल हुँदै छन् । नयाँ सिजन दोस्रो दिन आज चार खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा आलाभेसले रियल बेटिससँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ५:४५ मा सुरु हुनेछ ।

    आजको खेलमा दुवै टोली जित निकाल्दै नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा छन् । आलाभेस गत सिजन १५औँ स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो । यो सिजन भने आलाभेस उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । उता १४ स्थानमा रहेर सिजनको अन्त्य गरेको रियल बेटिस पनि पहिलो खेलमा जित निकाल्दै सिजनमा उत्कृष्ट सुरुवात गर्ने योजनामा छ । 

    आइतबारै हुने अर्को खेलमा रियल भालाडोलिडले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दै छ । भालाडोलिडको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ९:४५ मा सुरु हुनेछ । आजको खेलमा सोसिडाड उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने योजनमा छ । गत सिजन सोसिडाड तालिकाको छैटौं स्थानमा रहेको थियो । 

    यस्तै भिया रियलले हुयस्कासँग प्रतिस्पर्धा गर्दा भ्यालेन्सियाले घरेलु मैदानमा लेभान्तेसँग भिड्नेछ ।