गण्डकी प्रदेशमा १९ संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा १९ संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, सोमबार

    पोखरा : गण्डकी प्रदेशमा सोमबार विहान थप १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी  प्रदेशमा सोमबार थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

    नयाँ संक्रमितहरुमा कास्कीका १७ जना र बाग्लुङका २ जना रहेका छन् । संक्रमितहरुमा बाग्लुङ जिल्ला, बडीगाड-१ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका- ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसका छन् । त्यसैगरी पोखरा महानगरपालिका-८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् ।

    अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८६१ रहेको छ भने निको हुने दर ६२.२१ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।त्यस्तै प्रदेशमा अहिलेसम्म २९९१ जना संक्रमित भएका छन् ।