पितृको सम्झनामा आश्रममा खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पितृको सम्झनामा आश्रममा खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे निवासी घनश्याम श्रेष्ठले स्वर्गीय मातापिताको सम्झनामा व्यास नगरपालिका-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग गर्नुभएको छ ।

    श्रेष्ठले स्वर्गीय पिता विष्णुकुमार श्रेष्ठ तथा माता दिलकुमारी श्रेष्ठको सम्झनामा बिहीबार आश्रममा खाद्यान्न सहयोग गर्नुभएको हो । उक्त सामग्री श्रेष्ठ र उहॉकी धर्मपत्नी पम्फा श्रेष्ठले आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा आश्रमलाई चामल, दाल, नून, तेल लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । आश्रमकी सचिव मल्लले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो । विभिन्न व्यक्ति र सङ्घसंस्थाक सहयोगले आश्रम सञ्चालन गर्न सहयोग पुगेको मल्लले बताउनुभयो ।

    बिहीबार नै डुम्रे निवासी मुक्ति विक र लक्ष्मी विकले पनि आफ्ना पितृहरूको सम्झनामा सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

    दमौलीका समाजसेवी महिलाहरुबाट सञ्चालित आश्रममा ६ जना ज्येष्ठ नागरिकहरुले आश्रय लिइरहेको आश्रमकी सदस्य अन्जु दाहालले जानकारी दिनुभयो ।