बाढीपीडितका लागि दमौली मुस्लिम समाजको एक लाख ५ सय सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बाढीपीडितका लागि दमौली मुस्लिम समाजको एक लाख ५ सय सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८३, बिहीबार

    दमौली, १८ भदौ। तनहुँको व्यास नगरपालिका–४, दमौलीस्थित दमौली मुस्लिम समाजले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५ सय सहयोग गरेको छ।

    समाजले दमौली मुस्लिम अन्जुमन कमिटीमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

    विपद्को कठिन परिस्थितिमा पीडित नागरिकको सहयोगका लागि समाजका दाजुभाइ तथा दिदीबहिनीहरूले गरेको सहयोगप्रति कमिटीले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

    कमिटीका सचिव मन्सुर अहमदले पीडितको विपदको यस घडीमा सबैले सकेको सहयोग गर्नुपर्ने बताए ।