मुग्लिन नारायणगढ सडकखण्डको तीन ठाउँमा पहिरो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    मुग्लिन नारायणगढ सडकखण्डको तीन ठाउँमा पहिरो

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    चितवन : एकाबिहानै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। चितवन ट्राफिक कार्यालयका अनुसार भरतपुर महानगरपालिका-२९ स्थित चौध किलो, सत्र किलो र घुमाउनेमा बिहान करिव पाैने ६ बजेतिर सडकमाथि पहिरो खसेको हो ।

    लगातारको वर्षाका कारण खसेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ । पहिरो पन्छाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । विगत केही दिनदेखि उक्त सडकखण्ड पहिरोले अवरुद्ध हुँदै आइरहेको छ ।