नदीमा आकस्मिक बहावको अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीमा आकस्मिक बहावको अनुमान

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : बाढी पूर्वानुमान महाशाखाले बुधबार तनहुँका नदी तथा खोलाहरुमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ । बिहानैदेखि वर्षा भइरहेकाले जिल्लाका नदी तथा खोलाहरुमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    केही दिन थप वर्षा हुने भएकाले नदी तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    गण्डकी प्रदेशको गोरखा, लमजुङ, बागलुङ, कास्की, म्याग्दी, पर्वत स्याङ्जा, नवलपुरका नदीमा समेत आकस्मिक बहावको पर्वानुमान गरिएको छ ।