विराट कोहलीलाई १२ लाख जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विराट कोहलीलाई १२ लाख जरिवाना

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    एजेन्सी : आईपीएल टोली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ । बिहीबार राति भएको खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध स्लो ओभर गरेको भन्दै आयोजकले १२ लाख भारु जरिवाना तिराएको हो ।

    सोही खेलमा बैंगलोर ९७ रनले पन्जाबसँग पराजित भएको थियो । यसै खेलका दौरान कोहलीले पन्जाबका कप्तान लोकेस राहुलको क्याच छाडेका थिए । उक्त क्याच बैंगलोरका लागि भारी बनेको थियो । राहुलले बैंगलोरविरुद्ध अविजित १३२ रनको शतकीय पारी खेलेका थिए ।

    दुबई इन्टरनेसनल स्टेडियममा बैंगलोरले टस जितेर पहिले बलिङ रोजेको थियो । बैंगलोरमा डेल स्टेन, उमेश यादव र नवदीप सैनीजस्ता तीन प्रमुख तीव्र गतिका बलर थिए । तर, बैंगलोरका बलर पन्जाबविरुद्ध खासै नचल्दा विशाल लक्ष्य प्रस्तुत भएको थियो ।

    सोही खेलमा बैंगलोरले २० ओभर बलिङ गर्न दुई घण्टाको समय लिएको थियो । तर, टी-ट्वान्टीमा एक इनिङ्सका लागि सामान्यतः ९० मिनेटको समय निर्धारण गरिएको हुन्छ । यसै कारण कप्तान कोहलीलाई जरिवाना लगाएको हो । २०७ रनको लक्ष्य पछ्याएको बैंगलोरले १७ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र जोडेको थियो ।