तनहुँ : होटल व्यवसायी सङ्घ तनहुँले व्यवसायीलाई नवीकरण शुल्कमा छुट दिने भएको छ । सङ्घका अध्यक्ष दुर्गाविलास भट्टराईको अध्यक्षतामा बसेको बैठकले नवीकरण शुल्क छुट दिने निर्णय गरेको हो ।
कोभिड-१९ का कारण ६ महिनासम्म होटल बन्द रहेको र व्यवसायी मर्कामा परेकाले शुल्क छुट दिने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभयो । “कोभिड-१९ का कारण भएको बन्दीबन्दीले होटल व्यवसाय नराम्ररी प्रभावित भयो, व्यवसायीलाई केहा राहत होस् भनेर यस्तो निर्णय गरेका हौ,” उहॉले भन्नुभयो ।
सङ्घमा आबद्ध ६ सय १८ होटल छन् ।