दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मत हाल्न नेकपाको ह्विप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मत हाल्न नेकपाको ह्विप

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    बुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्तावित लुम्बिनी प्रदेश संसदीय दलले दाङ राजधानीमा मतदान गर्न ह्‌विप लगाएको छ । कडा सुरक्षा घेराबीच बिहान नेकपा संसदीय दलको बैठक बसेको थियो । साविक लुम्बिनी अञ्चलका प्रदेशसभा सदस्यहरूको विरोध बाबजुत दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न दलका नेता शंकर पोखरेलले निर्देशन दिएको दधिराम न्यौपानेले जानकारी दिनुभयाे ।

    “देउखुरी उपत्यकाको भालुवाङ राजधानी तोक्ने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले निर्देशन दिएसँगै संसदीय दलको बैठक सकियो । शनिबार नै निर्णय गरिसकेका थियौं । आज पुनः निर्देशन दिनुभयो,” उहाँले भन्नुभयाे ।

    राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि बुटवलमा आन्दोलन चर्किएको छ । प्रमुख प्रतिपक्ष, सत्तारूढ दलका नेताहरू नै असहमति जनाउँदै आएका थिए । तर, नेकपाले ह्‌विप लगाएपछि दाङ स्थायी मुकाम हुने पक्कापक्कीजस्तै छ । प्रदेशको स्थायी राजधानी तोक्न दुईतिहाइ मत आवश्यक पर्छ । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एक्लैको दुईतिहाइ मत छ । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । कांग्रेसका १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन् ।

    दाङ राजधानी सार्ने विषयमा कांग्रेस पनि विभाजित छ । दाङ, अर्घाखाँची र नवलपरासीका केही सांसद भालुवाङको पक्षमा उभिएका छन् ।