तनहुँ : तनहुँको व्यास नगरपालिकामा दुई कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार व्यासका एक पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका-३ का २३ र व्यास नगरपालिका-२ का ७० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका-३ का पुरुष कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो । ती युवा दमौली अस्पतालको कर्मचारी रहेको व्यास नगरपालिकाले जनाएको छ । महिलाको भने विवरण रुजु भइरहेको छ ।