यस्तो छ तीन दिनको मौसम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यस्तो छ तीन दिनको मौसम

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७७, बिहीबार

    काठमाडौं : हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेर तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम-उत्तरपश्चिम दिशामा अरब सागरतिर सर्ने क्रममा रहेको छ।

    बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

    शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ-गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।