संक्रमणको वेग थामिन केही समय लाग्छ : प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संक्रमणको वेग थामिन केही समय लाग्छ : प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७७, शुक्रबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमणको वेग थामिन केही समय लाग्ने बताउनुभएको छ ।

    संक्रमण रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा बताउनुभयो । सरकारले उपचारको दायित्व पुरा गर्न कुनै पनि बहानामा पछि नहट्ने बताउनुभयो । महामारीविरुद्धको खोपको सहज पहुँचका लागि सरकार क्रियाशील रहने बताउनुभयो ।

    लकडाउन गरेदेखि जनतालाई भयभित बनाउने अफवाह छरिएको उनले बताउनुभयो । उहॉले भन्नुभयो, ‘सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ।’ संक्रमितको मृत्युदर ०.६ प्रतिशतभन्दा माथि जान नसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो । संक्रमितको निको हुने क्रम बढेको प्रधानमन्त्रीको दाबी थियो।