म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाले आजदेखि पर्सीसम्म (कात्तिक १२ देखि १४ गते) सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    उक्त सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्नका लागि गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालय १४ गतेसम्म बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन् ।