चिसो बढ्न शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चिसो बढ्न शुरु

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    काठमाडौँ : स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बलदी भए पनि देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ ।अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

    शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

    राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    मौसमविद राजु प्रधानाङ्गका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ । तापक्रम कम हुने क्रम जारी रहेकाले चिसो बढ्दै जाने उहॉले बताउनुभयो । शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ ।