फेवातालमा खस्यो कार, दुईजनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    फेवातालमा खस्यो कार, दुईजनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८३, शुक्रबार

    पाेखरा १९ भदाै । कास्कीको पोखरा महानगरपालिका–१८, गैरीचौतारास्थित फेवातालमा एउटा कार खस्दा दुईजनाको मृत्यु भएको छ । दुईजनाको भने सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

    शुक्रबार (भदौ १९) बिहान करिब ५ बजे पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको सशस्त्रका प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

    कारमा सवार भारतका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डेको मृत्यु भएको हो । सशस्त्र प्रहरीले उनीहरूलाई अचेत अवस्थामा बाहिर निकालेको थियो ।

    त्यसपछि उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थिये । उपचारका क्रममा बिहान ६:२० बजे उनीहरूको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    कारमा सवार भारतका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरी उपचारको लागि पोखरास्थित जीएमसी अस्पताल पुर्‍याएका छन् । उनीहरूको अवस्था भने मध्यम रहेको जनाइएको छ ।

    घटनालगत्तै सशस्त्रको गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो । तालमा खसेको कारलाई क्रेनको माध्यमबाट बाहिर निकालिएको छ ।