पाेखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका–९ निवासी ६२ वर्षीया महिलाको शनिबार बिहान ८ बजे कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
कात्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएकी ती महिलालाई निमोनिया र मधुमेहको समस्या रहेको प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणबाट प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने निज २३ औं सङ्क्रमित रहेको प्रतिष्ठानले जनाएको छ ।