आशिषकाे हत्या आराेपमा तीन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आशिषकाे हत्या आराेपमा तीन पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    काठमाडौं : टोखा नगरपालिका-५ धापासीमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा संखुवासभा घर भई टोखा–५ धापासी बस्ने १९ वर्षीय दार्जे शेर्पा, टोखा–५ का २६ वर्षीइ डेडे भनिने राम श्रेष्ठ र स्याङ्जाको गल्याङ–३ का २७ वर्षीय रवि थापामगर छन्।

    गत बिहीबार बिहान १० बजेतिर धापासीमा रहेको देवी मन्दिर नजिक २४ वर्षीय आशिष मगरमाथि धारिलो हतियार प्रहार भएको थियो। हतियार प्रहारबाट घाइते भएका मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

    पक्राउ परेकाहरु विरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।