तनहुँ : तनहुँका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रालि र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा व्यास र भीमादका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका–५ का ८२ वर्षीया महिला, भीमाद नगरपालिका–४ का २८ वर्षीया महिला, व्यास नगरपालिका–५ का ६१ वर्षीय पुरुष र भीमाद नगरपालिका–५ का ६३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलबार नै तनहुँमा १९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।