बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७७, शनिबार

    एजेन्सी : कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो । 

    घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे । 

    उता रियल बेटिसका लागि एन्टोइन सराविया र मोनोन गेरासियाले एक–एक गोल गरे । खेलको २२ औं डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समायमा सनारवियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए । 

    पहिलो हाफ १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्न सफल भएको । ४९ औं मिनेटमा ग्रिजम्याननले गोल गर्दै बार्सिलोनाको अग्रता २–१ गोलको बनाए । 

    बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले  ६१ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ गोलको बनाए । ७३ औं मिनेटमा गेरासियाले गोल गर्दै पाहुना टोली बेटिसलाई ३–२ गोलको अवस्थामा पुगाए । 

    ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–२ गोको अवस्थमा पुगाए । ९० औं मिनेटमा पेड्रीले गोल गर्दै टिमलाई ५–२ गोकला जित दिलाए । 

    जितसँगै बार्सिलोनाले ७ खेलबाट ११ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको आठौं स्थानमा रहेको छ । पराजित बेटिस १२ अंक सहित तालिकाको सातौं स्थानमा छ ।