सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, आईतवार

    काठमाडाै : कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

    पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार एक हजार रुपैयाँ बढेको सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो । बिहीबार सुनको भाउ तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

    चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।