तनहुँ : तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँबाट अवैध काठ बरामद गरिएको छ । प्रहरीले स्थानीय लक्ष्मी परियारको घरमा लुकाइराखेको सिसाैकाे काठ सोमबार बरामद गरेको हो ।
सोही ठाउँ बस्ने मनोज सुनारले अवैध रुपमा सिसाैकाे काठ लुकाएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । प्रहरीले लक्ष्मी परियारको घर गोठ खानतलासी गर्दा अवैध रुपमा राखिएको शिशौको एघार थान चिरुवा फेन्टा १९.०४ क्यु फिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । बरामद गरिएका काठ डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको छ ।