व्यासका दुई वडामा समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका दुई वडामा समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम शुरु

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    तनहुँ : एसओएस बालग्राम नेपालले तनहुुँको व्यास नगरपालिकाका दुई वडामा समुदायमा आधारित सवलीकरण कार्यक्रम शुरु गरेको छ । “सबै बालबालिकाहरुका लागि मायालु घर” भन्ने नारा सहित बालग्रामले व्यास नगरपालिका–१३ र १४ मा उक्त कार्यक्रम शुरु गरेको हो ।

    व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त परियोजना शुभारम्भ गर्नुभयो । सो अवसरमा नगरप्रमुख न्यौपानेले एसओएस बालग्रामले व्यास नगरपालिकालाई छनौट गरेर उक्त परियोजना शुरुवात गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

    बालग्राम नेपालका अध्यक्ष डा. ज्योतिरत्न धाख्वाले तीन वर्षसम्म दुई वडामा परियोजना सञ्चालन गरिने जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि बालग्रामले तीन वर्षमा रु दश करोड बजेट खर्च गर्नेछ । परियोजना मार्फत् समुदायका विपन्न वर्गका बालबालिकाको शिक्षामा सुधार, अभिभावकलाई आयआर्जनमा लगानी लगायत कार्यक्रम सञ्चालन गरिने बालग्राम कार्यक्रम निर्देशक उपेन्द्र मल्लले जानकारी दिनुभयो ।

    एसओएस बालग्राम नेपालले अभिभावक गुमाएका, द्वन्द्वपीडित तथा सीमान्तकृत समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै आएको छ ।

    परियोजना शुभारम्भ कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिका–१३ का वडाध्यक्ष लेखबहादुर राना, १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ लगायतले परियोजनाको शुभकामना व्यक्त गर्नुभएको थियो ।