स्थानथोकका विद्यार्थीलाई लियोको शैक्षिक सामाग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानथोकका विद्यार्थीलाई लियोको शैक्षिक सामाग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७७, शुक्रबार

    स्थानथोक आधारभूत विद्यालय शुक्लागण्डकी नगरपालिका–२ का विद्यार्थीलाई लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीले शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार ६३ औँ अन्तराष्ट्रिय लियो दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको क्लबका अध्यक्ष धर्मराज पोखरेल(विनोद) ले जानकारी दिनुभयो । उहाँले जहाँ अभाव त्यहाँ लियोले सघाउने बताउनुभयो । क्लबका सचिव विवेक बानियाँले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो ।


    कार्यक्रममा बोल्दै क्लबका निवर्तमान अध्यक्ष कोमलबहादुर बानियाँले भबिष्यका कर्णधार बालबालिकाको उज्वल भबिष्यका लागी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई प्रविधीसंग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


    विद्यालयका प्रधानध्यापक रोललाल गुरुङले लियोको शैक्षिक सामाग्री सहयोगले कलिला बालबालिकाको सिकाई उपलब्धीमा निकै सहयोग पुग्ने उल्लेख गर्नुभयो ।


    कार्यक्रममा रिजन ४ का संयोजक राजनबाबु ढुंगाना, स्थानथोक आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर थापा, क्लबका उपाध्यक्ष प्रेमराज तिवारी, सचिव विवेक बानियाँ लगायतले बोल्नु भएको थियो ।