आगलागीबाट साढे सात लाख क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आगलागीबाट साढे सात लाख क्षति

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७७, शनिबार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरङको घर आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी रु सात लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ ।

    स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।