शुक्लागण्डकीले बाँड्यो ३० हजार किलो आलुको बीउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    शुक्लागण्डकीले बाँड्यो ३० हजार किलो आलुको बीउ

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, मंगलवार

    तनहुँ : आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार दुई सय किलो बीउ आलु वितरण गरेको हो । जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

    ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले ८ नम्बर वडामा आलु उत्पादनको कार्यक्रम छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रम अन्र्तगत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको कृषि तथा आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो । कृषकले साढे १६ लाख व्यहोर्ने गरी रु ४१ लाखको कार्यक्रम शुरु भएको उहाँले बताउनुभयो ।

    “बीउबिजनको लागि कृषकसँग ५० प्रतिशत साझेदारी भएको छ,” पण्डितले भन्नुभयो, “तालिम र प्राविधिक ज्ञान पूर्ण निशुल्क दिन्छौ ।” आधुनिक यन्त्र उपकरणमा अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यक्रमले आलु उत्पादन बढाएर आयत घटाउने पण्डितको भनाई छ । गत वर्ष पनि यो वडामा उलेख्य मात्र आलु उत्पादन भएको थियो ।

    यसपटक त झन सरकारले नै आलु खेतीमा सघाएपछि किसानहरु उत्साहित भएका छन् । यहाँका कृषकले सामूहिक र व्यक्तिगत तरिकाले आलु खेती गरेका छन् । “हेपिएको कृषिलाई सरकारले प्राथमिकता दिनु सकारात्मक पक्ष हो । बीउबिजन र यान्त्रिकिकरणमा पाएको अनुदानले कृषकलाई उत्साहित बनाएको छ,” उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले भन्नुभयो, “अब उत्पादन भएको आलुको बजार र मूल्यको ग्यारेण्टीका लागि पनि पहल गर्दैछौ ।”

    सस्तोमा बेच्दा श्रमको मूल्य नउठाएकाले चिस्यान केन्द्र निर्माण शुरु भएको छ । चिस्यान केन्द्र निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड बजेट पठाएको छ । “यही आर्थिक वर्षमा चिस्यानकेन्द्र सञ्चालन गर्नेछौ । अहिले किसानले लगाएको आलुलाई चिस्यानकेन्द्रमा राख्नेगरी बनाउन लागेका थियौ, तर कोरोनाले गर्दा प्रभावित भयो,” उहाँले भन्नुभयो, “तर पनि वडाका किसानले उत्पादन गरेको आलु चिस्यानकेन्द्रसम्म पु¥याउन ढुवानीको व्यवस्था गर्नेछौ ।” चिस्यानकेन्द्रसम्म लैजाने आलु ढुवानीका लागि रु दुई लाख बजेट विनियोजन गरिएको रेग्मीले बताउनुभयो ।