शुक्लागण्डकी जेसीजको अध्यक्षमा कृष्णबहादुर निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी जेसीजको अध्यक्षमा कृष्णबहादुर निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७७, बुधबार

    दुलेगौँडा : शुक्लागण्डकी जेसीजको वर्ष २०२१ को अध्यक्षमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । जम्मा १ मतान्तरले श्रेष्ठ विजयी हुनुभएको हो । बुधबार राति सम्पन्न निर्वाचनमा २७ मत ल्याएर उहाँ निर्वाचित हुनु भएको हो ।


    उहाँका निकटम प्रतिद्धन्दी शिव विकले २६ मत प्राप्त गर्नुभयो । ५४ मतदाता रहेकोमा कुल ५३ मत खसेको थियो । यसअघि अध्यक्ष पदका लागि वर्ष २०२० का कार्यकारणी उपाध्यक्षद्धय क्षितिज थापा र ईश्वरकुमार श्रेष्ठ, महासचिव रमेश भुजेलले अध्यक्षको दाबी गर्नुभएको थियो । अन्तिममा समयमा आएर तीन जना पछाडी हटेपछि सर्वसम्मत नेतृत्व चयन गर्नलाई श्रेष्ठ र विकसँग लामो छलफल गरिएको थियो । दुवै टसमस नभएपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको हो ।


    कार्यकारिणी उपाध्यक्षमा रमेश भण्डारी ४६ र सन्तोष श्रेष्ठ ३२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भने दिपेन्द्र रिमाल, सुरज लम्साल र पुकार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । बाँकी सदस्य पछि मनोनित गरिनेछ ।


    यसैबीच, नवनिर्वाचित अध्यक्ष श्रेष्ठले शुक्लागण्डकी जेसीजको गरिमा उचो बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विजयी भएलगत्तै खबरपुञ्ज डटकमसँग टेलिफोन कुराकानी गर्दै उहाँले आफूलाई मत दिएर विजयी गराउनेप्रति आभार व्यक्त गर्नुभयो ।


    सन् २००३ मा भरतबहादुर खड्काको नेतृत्वमा स्थापित संस्था यस क्षेत्रको अग्रणी स्थानको सामाजिक संस्थाको परिचय बनाएको छ ।
    यसअघि बुधबार विहान जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले शुक्लागण्डकी जेसीजको १८ औँ अधिवेशन तथा १९ औँ साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।