ढोरवाराही–रामपुर बाटो स्तरोन्नति हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ढोरवाराही–रामपुर बाटो स्तरोन्नति हुने

    विवि श्रेष्ठ

    २९ मंसिर २०७७, मंगलवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि साँखे बजार हुँदै पाल्पाको रामपुरसम्मको बाटो स्तरोन्नति हुने भएको छ । संघीय सरकारको रु दुई करोड बजेटबाट उक्त मार्ग कालोपत्रे तथा स्तरोन्नति हुन लागेको हो ।

    तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलको पहलमा उक्त मोटरमार्ग स्तरोन्नति हुन लागेको हो । शुक्लागण्डकीको दुलेगौडा बजारबाट साँखे, स्याङ्जाको हरिनाशको सालडाँडा, कालीगण्डकी किनार हुँदै रामपुर जोड्ने मार्गको स्तरोन्नति हुन लागेको सांसद सिग्देलले जानकारी दिनुभयो ।

    ५५ किमि लामो मोटरमार्गको स्तरोन्नतिपछि सर्वसाधारणलाई सहज हुने बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले वताउनुभयो । उक्त मोटरमार्गका लागि यसै वर्ष खर्च हुने गरि संघीय सरकारबाट रु ४० लाख समेत विनियोजन भएको छ । उक्त मार्गको निरीक्षणपछि सांसद सिग्देलले विकास निर्माणका लागि बजेट अभाव नहुने बताउनुभयो ।

    निरीक्षणका क्रममा शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमाल, शुक्लानगरपालिका वडा नं ११ का वडाध्यक्ष दल वहादुर थापा, तत्कालिन राइपुर गाविसका पूर्व उपाध्यक्ष थमन आले, नेकपा तनहुँका जिल्ला कार्यलय सचिव राजेश्वर ढकाल लगायत सहभागी हुनुहुन्थ्यो ।