नेकपा विवादः ओली र प्रचण्ड-माधव पक्षको छुट्टा-छुट्टै केन्द्रीय समिति बैठक आज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा विवादः ओली र प्रचण्ड-माधव पक्षको छुट्टा-छुट्टै केन्द्रीय समिति बैठक आज

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    काठमाडौ : पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरी मध्यावधि निर्वाचन मिति घोषणा गरेसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद निर्णायक चरणमा पुगेको छ ।

    आज ओली र प्रचण्ड–माधव नेपाल पक्षको आआफ्नै केन्द्रीय समिति बैठक बोलाइको छ । यसले नेकपा फुटको औपचारिक कसरतहरु सुरु गर्नेछन् ।

    पार्टीका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित सोमबार जारी गरिएको विज्ञप्तिमा अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्न आज १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी थियो ।

    सोमबार प्रधानमन्त्रीले आफू निर्वाचित र कार्यकारी अध्यक्ष भएको भन्दै नेकपाको आधिकारिक निर्णयमा आफ्नो मात्र हस्ताक्षर हुनुपर्ने बताउनुभएको थियो । ओली पक्षीय केन्द्रीय समिति बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्नेछ ।

    आजको बैठकमा ओली पक्षले प्रचण्डलाई कारबाही गर्ने तयारी गरेको छ भने प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाउने तयारी गरेको बताइएको छ ।