छात्रालाई नियमित गराउन सेनेटरी प्याड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छात्रालाई नियमित गराउन सेनेटरी प्याड

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका छात्रालाई पठनपाठनमा नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड उपलब्ध गराएको छ । छात्रालाई नियमित क्याम्पस आउने वातावरण सिर्जना गर्ने उद्देश्य सहित नगरपालिकाले क्याम्पसलाई दुई हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराएको हो ।

    नगरपालिकाका शिक्षा शाखा अधिकृत सन्तोष गोदारले क्याम्पसका सहायक प्रमुख कल्पना लम्साललाई मङ्गलबार सेनेटरी प्याड हस्तान्तरण गर्नुभयो । नगरपालिकाले सेनेटरी प्याड उपलब्ध गराएकामा धन्यवाद दिँदै सहायक क्याम्पस प्रमुख लम्सालले यसले छात्रालाई महिनाबारी भएको समयमा पनि क्याम्पसमा आउन उत्प्रेरणा जगाउने बताउनुभयो ।

    क्याम्पसमा करिब दुई हजार छात्रा अध्ययनरत छन् । त्यसमध्ये ९ सय ५ भन्दा बढी छात्रा ग्रामीण भेगका छन् । उनीहरुमध्ये धेरै जना महिनाबारी भएका बेला तीनदेखि चारदिनसम्म क्याम्पसमा अनुपस्थित हुने गरेका छन् ।