बार्सिलोनाको सहज जित, मेस्सीले बनाए कीर्तिमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाको सहज जित, मेस्सीले बनाए कीर्तिमान

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    एजेन्सी: स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सलोनाले भालाडोलिडमाथि सानादार जित निकालेको छ। जोस जोरिल्ला स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो।

    बार्सिलोनाले खेलको २१ औं मिनेटमै अग्रता बनाएको थियो। लियोनल मेस्सीको पासमा क्लिमेन्ट लेग्लेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यस्तै ३५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो।

    दोस्रो हाफमा मेस्सीले गोल थपे। उनले खेलको ६५ औं मिनेटमा पेड्रो गोञ्जालेजको पासमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। यो सँगै उनमा महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानलाई पछि पारेका छन्।

    उनले बार्सिलोनाका लागि ६४४ औं गोल गर्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो खेलमै उनले पेलेसँगको कीर्तिमानलाई बराबरी बनाएका थिए। पेलेले ब्राजिलियन क्लब सान्टोसबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।

    जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा छ। त्यस्तै १४ अंक जोडेको भालाडोलिड १८ औं स्थानमा छ।