प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    काठमाडौं : सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो ।