नेकपा : दुवै समूहको बैठक बस्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा : दुवै समूहको बैठक बस्दै

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०७७, बिहीबार

    काठमाडौं : दुई टुक्रा बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

    प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ । ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो ।

    त्यस्तै पार्टीको महाधिवेशन अर्को वर्ष मंसिरमा आयोजना गर्ने गरी ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनित गरी महाधिवेशन आयोजक समिति बनाइएको थियो ।

    कार्की बैंक्वेट बबरमहलमा बस्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षको बैठकले दुई अध्यक्षको वरीयता तोक्ने गरी छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।

    प्रचण्ड–माधव पक्षको मंगलबारको बैठकले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर माधव नेपाललाई नियुक्त गरेको थियो । आजको बैठकले पार्टी बैठक आलोपालो गरी सन्चालन गर्ने र अरु पदाधिकारी चयन गर्नेबारे छलफल हुने बताइएको छ ।

    आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै दुवै पक्षले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।