तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा माघ पहिलाे सातादेखि भूमि समस्या समाधानका लागि काम शुरु हुने भएकाे छ । सहजीकरण समितिकाे आयाेजनामा मङ्गलबार भएकाे अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएकाे हाे ।
कार्यक्रममा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय सदस्य एक बहादुर रानाले आउँदाे माघको पहिलो सातादेखि भूमि समस्याकाे काम शुरु गरिने जानकारी दिनुभयाे । गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले पालिकाभित्र रहेका अव्यवस्थित बसोबासको तथ्याङ्क सङ्कलन गरिने बताउनुभयाे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा निर्वतमान सांसद केदार सिग्देल, गाउँपालिकाका उपाध्यक्ष विमला थापा, नेकपा केन्द्रीय सदस्य श्रीप्रसाद श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा लगायतले यस पटककाे आयाेग शक्तिशाली बनेकाले भूमिहिनले लालपूर्जा पाउने बताउनुभयाे ।