व्यास अल्ट्रा म्याराथनको तयारी शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास अल्ट्रा म्याराथनको तयारी शुरु

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले प्रत्येक वर्ष हुँदै आएको व्यास अल्ट्रा म्याराथनको तयारी शुरु गरेको छ । सहिद दिवसको अवसरमा माघ १६ गते हुने म्याराथनका लागि नगरपालिकाले तयारी शुरु गरेको हो ।

          व्यास नगरपालिका–मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कसम्मको चौथो खुल्ला अल्ट्रा म्याराथनका लागि नगरपालिकाका उपप्रमुख मीरा जोशीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले म्याराथनको तयारी गर्नका लागि उपप्रमुख जोशीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

          मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । “खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित आयोजना हुँदै आएको म्याराथन प्रभावकारी भएको छ,” नगरप्रमुख बैकुण्ठ न्यौपानेले भन्नुभयो, “म्याराथनकै कारण आज मानुङ विश्वमाझ परिचित हुन सफल भएको छ ।”

          व्यास नगरपालिका–५ मानुङबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।