घुससहित मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    घुससहित मालपोत कार्यालयका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    काठमाडौं : हरिवन मालपोत कार्यालय सर्लाहीका दुई कर्मचारीलाई ११ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

    मालपोतका नायब सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका २ का लेखापढी व्यवसायी राम सुन्दर महतोलाई आयोगले कार्यालयबाटै नियन्त्रणमा लिएको हो । 

    जग्गाधनी दर्ता प्रमाण पत्रमा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

    नियन्त्रणमा लिई उनीहरु माथि थप अनुसन्धान अघि सारिएको आयोगले जनाएको छ ।