तनहुँ : लागुऔषधमुक्त युवा समाज निर्माण भन्ने मुलनाराका साथ अन्डर १४ फेस्टिवल २०७७ शनिबारदेखि देउराली नगर खेलमैदानमा शुरु भएको छ ।
खेलको उदघाटन गर्दै व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रबिन पौडेलले राष्ट्रिय खेलाडीहरुको लागुऔषध मुक्त युवा समाज निर्माण अभियानमा सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । पौडेलले मादी तटमा बीच फुटवलको विकास गरी खेलकुद र पर्यटन सँहसँगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध गर्नुभयो।
रिभरसाईड युवा क्लवका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडी विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मस्र्याङ्गदी क्वलका खेलाडी विमल राना, संकटा क्लवमा दिपेश आले,अर्डर क्लव भण्डारढीकका प्रशिक्षक सुवास तामाङ्ग,अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटवलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्तरका क्लवमा आवद्ध खेलाडीहरुले विगत १ वर्ष देखि प्रशिक्षण गराईरहेका तनहूँ र कास्कीका गरी १० क्लवको फेस्टिवलमा सहभागिता रहेको छ ।
यसैबीच न्यु स्टार र हाइस्कुलटार बीच भएको उद्घाटन खेलमा न्यू स्टार १ गोलले विजयी भएको छ ।