तनहुँ : प्रहरी नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस लिने इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई आयोगबाट खटिएको टोलीले मङ्गलबार पक्राउ परेको हो । भण्डारीले विभिन्न वहाना बनाई सेवाग्राहीसँग रु दश हजार घुस मागिरहेको भन्ने उजुरी तथा सूचनाका आधारमा टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहॉले जानकारी दिनुभयो ।