योग दिवस सप्ताहव्यापी मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    योग दिवस सप्ताहव्यापी मनाइने

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँ जिल्लामा सप्ताहव्यापी रुपमा योग दिवस मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले योग दिवस एक सातासम्म मनाउने निर्णय गरेको हो ।

    जसअनुरुप माघ १ गते दमौलीमा योग प्रवचन सहित प्रशिक्षण गरिने भएको छ । माघ २ र ३ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र पतञ्जली, ४ र ५ गते योग विज्ञान, ६ गते ओम शान्ति र ७ गते जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्रले दिवसको कार्यक्रम संयोजन गर्नेछन् ।

    योग दिवसलाई भव्य बनाउन विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई नियन्त्रणा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणि मिश्रले बताउनुभयो ।