निप्स तनहुँ गठन, रोविन श्रेष्ठ अध्यक्ष चुनिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निप्स तनहुँ गठन, रोविन श्रेष्ठ अध्यक्ष चुनिए

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८३, सोमबार

    दमौली, ८ भदौ तनहुँमा रहेका बीमा कम्पनीका प्रतिनिधिको भेलाले नेपाल इन्स्योरेन्स प्रोमोशन सोसाइटी (निप्स) तनहुँ गठन गरेका छन् । सोमबार दमाैलीमा भएको भेलाले रोविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

    भेलाले शान्ताराम न्यौपानेलाई उपाध्यक्ष, शेरबहादुर बोटेलाई सचिव र लक्ष्मी पराजुलीलाई कोषाध्यक्षमा चयन गरेको छ। त्यस्तै सदस्यहरूमा घनश्याम शर्मा, सञ्जय केसी, पूजा कार्की थापा, सन्तोष थापा, गोविन्द श्रेष्ठ, कुसुम गुरुङ र पवनसिंह कार्की चयन भएका छन्।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने नेपाल बीमा प्रवर्धन समाज कास्कीका अध्यक्ष छविलाल पौडेलकाे अध्यक्षता रहेकाे थियाे ।

    नवनिर्वाचित कार्यसमितिले तनहुँमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि, बीमा क्षेत्रको प्रवर्धन तथा सरोकारवालाबीच सहकार्य बढाउने उद्देश्यसहित काम गर्ने जनाइएको छ।