


तनहुँ , ९ भदौ । भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव अमृत सिग्देल आउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सिग्देललाई भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो।
यसअघि भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सुरज श्रेष्ठको शिक्षा मन्त्रालयमा सरुवा भएको छ।