तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँको शाखाका लागि उपाध्यक्ष सोनी शर्माले आर्थिक सहयोग गर्नुभएको छ । शर्माले महासङ्घका लागि रु ११ हजार एक सय ११ सहयोग गर्नुभएको हो ।
उक्त रकम शर्माले महासङ्घका अध्यक्ष ओमकार आचार्यलाई आइतबार हस्तान्तरण गर्नुभयो । पत्रकार महासङ्घको भवन निर्माणका क्रममा शर्माले सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । महासङ्घको भवन निर्माणका लागि सहयोग गरेकामा आचार्यले शर्माप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा पत्रकार महासङ्घको भवन निर्माण गरिएको थियो ।