तनहुँ : नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तरगत ऑबु प्रशाखाले ऑबुखैरेनी-२ मा रहेको अरनिको सिमेन्ट उद्योगको बिजुलीको लाइन काटिदिएको छ । विद्युत बक्यौता नतिरेकाले प्रशाखाले उद्योगको लाइन काटिदिएको हो ।
प्रशाखाका अनुसार उद्योगले विद्युत उपयोग बापतको रु एक करोड तीन लाख ३२ हजार नौ सय महशुल तिर्न बॉकी छ । पटक-पटक विद्युत महशुल बक्यौता भुक्तानी गर्न पत्राचार गरेपनि अटेरी गरेपछि विद्युत काट्न परेको प्रशाखाले जनाएको छ ।