दमौलीको अनसनचोकमा राष्ट्रिय झण्डा राखियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीको अनसनचोकमा राष्ट्रिय झण्डा राखियो

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको दमौलीस्थित अनसनचोकमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर प्रजातन्त्र दिवस मूल समारोह समिति तनहुँले शुक्रबार व्यास नगरपालिका–३ स्थित अनसनचोकमा नेपालको राष्ट्रिय झण्डा राखेको हो ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले झण्डोत्तोलन गर्नुभयो । सरकारी कार्यालयमा राष्ट्रिय झण्डा राखिने गरिएपनि सार्वजनिक स्थानमा पहिलो पटक नेपालको झण्डा राखिएको छ ।

    सो अवसरमा नगरप्रमुख न्यौपानेले मुलुकको अखण्डता र स्वाभिमानलाई सदैव उच्च बनाइराख्न आजको दिनबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले विधिको शासनमा प्रतिबद्ध भएर सबै विचार र भावनाको कदर हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले लोकतन्त्रको आधारशीला प्रजातन्त्र भएकाले प्रजातन्त्र दिवसको सम्मान सदैव रहिरहेको बताउनुभयो ।

    प्रजातन्त्र दिवसको अवसरमा आज नै व्यास नगरपालिका–३ स्थित पञ्चायन क्षेत्रमा सरसफाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।