रामचन्द्र पौडेल र म मिल्याे भनेर भ्रम फैलाउन खोजियो : नेता जाेशी (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रामचन्द्र पौडेल र म मिल्याे भनेर भ्रम फैलाउन खोजियो : नेता जाेशी (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७७, आईतवार

    तनहुँ : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले रामचन्द्र पौडेल र गोविन्दराज जोशी मिले भनेर कार्यकर्तामा भ्रम फैलाउन खोजिएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्माण सम्पन्न भएको बीपी विचार समाजको भवन उद्घाटन गर्दै नेता जोशीले धेरै पटकको छलफलपछि पौडेल र जोशी मिलेँ भनेर पत्रपत्रिकामा पढेको उल्लेख गर्दै उक्त कुरा भ्रम फैलाउन गरिएको दावी गर्नुभयो ।

    “धेरै पटक छलफलपछि उहाँहरु मिल्नु भयो भन्ने खबर पत्रपत्रिकाबाट पढेँ, गोविन्दराज जोशी र रामचन्द्र पौडेललाई शङ्कर भण्डारीले मिलाउनुभयो भन्ने पनि पढँे,” नेता जोशीले भन्नुभयो, “तनहुँ कार्यसमितिले कारवाहीको फिर्ता पठाएको भन्ने पनि सुनेँ । तर यी सबै कुरा तपाईहरुलाई भ्रम पार्न गरिएको रहेछ ।’

    नेता जोशीले आफू नमिल्ने पक्षमा नरहेको बताउँदै मिल्नु राम्रो कुरा भएको बताउनुभयो । “तर मिल्ने भनेको के हो ? केबल झुटा कुरा गरेर मेलमिलाप हुँदैन । मेरो व्यक्तिगत कुरा केही पनि छैन । मैले भन्न खोजेको के हो भने तनहुँमा कोही नेता भनेर कोही कार्यकर्ता भनेपनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा तनहुँका नेपाली काङ्ग्रेसका कार्यकर्ताले ठूलो कुर्वानी गरेका छन । जबसम्म हामीले कार्यकर्तालाई सम्मान गर्न जान्दैनौ, जबसम्म तनहुँ काङ्ग्रेसका कार्यकर्तालाई अपमान गरिरहन्छौ तबसम्म हाम्रो मेलमिलापको कुनै अर्थ रहन्न ।”

    नेता जोशीले चुनाव जित्नका लागि कार्यकर्ताको मन जित्नुपर्ने बताउनुभयो । “टिकट कसले पाउँछ भन्दा पनि व्यक्तिगत मनोमानी नगरिकन वडाको टिकट दिँदा वडाको क्रियाशील सदस्यको सहमतिमा जसलाई भन्छन् उसलाई हामीले दिनुपर्छ । नगरपालिकाको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ सबैको राय बुझेर टिकट दिनुपर्छ,” जोशीले भन्नुभयो, “त्यसो नगरि आफूले मनपरी गर्ने हो भने अहिलेको कार्यकर्ताले मान्ने अवस्था रहँदैन ।”

    गत निर्वाचनमा नेपाली काङग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो मान्छेलाई पैसा लिएर हो या त्यसै टिकट बाँड्ने पद्धतिले कार्यकर्ताको मनमा चोट परेको जोशीको आरोप छ । “मसँग व्यक्तिगत कुनै स्वार्थ छैन, तनहुँमा नेपाली काङ्ग्रेसले जित्नुपर्छ भन्ने मेरो धारणा हो,” उहाँले भन्नुभयो, “तर अहिले जुन किसिमको अफवाह फैलाइएको छ, पार्टीभित्र जालझेल गरिएको छ ।”

    नेता जोशीले थाहै नभईकन जिल्ला कार्यसमितिले कारवाही फिर्ताको सिफारिस गरेको थाहा पाउँदा अचम्म लागेको बताउनुभयो । “जिल्ला कार्यसमितिलाई आफूले गल्ती गरेँ भन्ने महशुस भएको भए आफैले निर्णय गरेको भए हुन्थ्यो, किन चोकबाट निवेदन माग्नुपथ्र्यो ?” जोशीले भन्नुभयो । नेता जोशीले कारवाही फिर्ताको निर्णय काठमाडौसम्म नपुगेको दावी गर्नुभयो ।

    अन्तिम पटक चुनाव लड्ने चाहना

    नेता जोशीले अबको चुनावमा आफूले चुनाव लड्ने तयारी गरेकाले सहयोग गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “यो पटक तपाईहरुले मलाई सहयोग गर्नुहोला, मलाई यो क्षेत्रका अरु पार्टीका साथीहरुले पनि एकपटक तपाई आइदिनप¥यो भनेका छन्,” नेता जोशीले भन्नुभयो, “पार्टीले टिकट नदिएर पनि लड्नपर्ने स्थिति आयो भने दुई नम्बर क्षेत्रमा के होला ? चार वटै प्रदेशमा के होला ? सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठ्नपर्ने अवस्था आयो भने के होला ? ।”

    Video : B&B Media