राजनीतिका पदलोलुपता : माधव नेपाल !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    राजनीतिका पदलोलुपता : माधव नेपाल !

    ६ चैत्र २०७७, शनिबार

    सधै आफू अनुकुलका लागि विधि, विधानका कुरा गरेर आफनो भूमिका खोजिरहने माधव कुमार नेपाल सर्वोच्चको फैसलापछि पुर्नगठित नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा छन् । एमालेको नवौ महाधिवेशनवाट अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएको कुण्ठा माधव कुमार नेपालले यो बीचका अवधिमा राम्रैसँग पोखे । चुनावी तालमेल र त्यसपछि पार्टी एकता पछि गठन भएको नेकपामा आफ्नै अध्यक्ष ओलीलाई कर्नरमा पारेर गरिएको गुटबन्दी छर्लङ्गै रहेको छ । पद र शक्तिलाई नै केन्द्रमा राखेर सोच्ने माधव कुमार नेपालको प्रचण्डसँगको गठजोड पश्चात सरकार र आफ्नै अध्यक्ष ओलीलाई हटाउनका लागि गरिएको तिकडमले माधव कुमार नेपालको यथार्थ हैसियत पुष्टि गरेको छ ।

    लामो समयसम्म पार्टीको नेतृत्व गरेका माधव कुमार नेपालले एमालेको हैसियत कहाँ पु¥याएका थिए, त्यो धेरै भनिरहन पर्देन । नवौ महाधिवेशनमा केपी ओलीसँग पराजित भईसकेपछि पार्टीलाई सहयोग गरेर अगाडी वढ्नुभन्दा भागवण्डा, शक्ति र सत्ताका लागि सरकारलाई चल्नै नदिने सम्मको हत्कण्डाले आम कार्यकर्तालाई मात्र होइन, जनतालाई पनि नैराश्यता तुल्याएको थियो । विधि र विधानको खुव वकालत गर्ने माधव नेपाल जब सर्वोच्चले एमालेले व्युताईदियो, त्यहि विधि विधान र लोकतान्त्रिक प्रक्रियाको नाराले माधव नेपाललाई नै खुईल्याईदियो । ओलीको सफलतामा आफ्नो अपमान सम्झने माधव नेकपामा रहँदा जसरी पनि टिके अध्यक्ष बन्ने सोचले गरिएको गुटवन्दी आम जनतालाई पनि मन परेको थिएन । विधि र विधान अनुसार पार्टीका अध्यक्ष बन्नका लागि महाधिवेशन हुनुपर्दछ, तर जनताबाट समेत तिरस्कृत भएर पनि प्रधानमन्त्री बनेका माधव नेपालको त्यो प्रवृत्ति नेकपा सम्म आईपुग्दा पनि प्रचण्डका साथ लिएर बहुमतका दम्भमा ओली माथि प्रहार गर्नुले माधव नेपालको नियति प्रष्ट हुन्छ । लोकतान्त्रिक प्रक्रिया चुनाव मार्फत जितेर आएका ओलीले अबका दिनमा पुनः अध्यक्ष र प्रधानमन्त्री नलड्ने सार्वजनिक उद्घोष गरिरहँदा पनि सत्ता वाहिर बस्न नसक्ने नेपाल जसरी हुन्छ ओलीलाई हटाएर आफै टिके अध्यक्ष बन्ने दाउमा सर्वोच्चले रोक लगाएपछि विक्षिप्त बनेका छन् । जसरी पनि आफैमात्र योग्य देख्ने नेपालको नेतृत्व आम कार्यकर्ता र जनताले भोगिसकेपछि पनि अझै आफै हुन खोज्ने प्रवृत्तिले नेपालको पदलोलुपता कति रहेछ भन्ने पुष्टि र्गदछ ।

    करिव १५ वर्ष सम्म पार्टीको मुख्य पदमा रहेर काम गरिसकेका माधव नेपालले पार्टीलाई तेश्रो पार्टी बनाएका थिए । सत्ता र शक्ति बाहिर वस्नै नसक्ने नेपाल सधै आफ्नै भूमिका मात्र श्रेष्ठता देख्ने भनेको पदलोलुपता शिवाय अन्य होईन । नेकपामा रहेर पार्टीको विधानमा नै दुई अध्यक्षले सहमतिमा निर्णय गरेर अगाडी वढ्ने व्यवस्था हुँदा समेत ओलीलाई कर्नरमा पार्नका लागि संसदीय दल र केन्द्रीय कमिटीमा बहुमतका निर्णय लागु हुने व्यवस्था गरेर ओलीलाई पटक पटक पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासन गरेका नेपाल अहिले एमालेको पुर्नगठन पछि सबैभन्दा विक्षिप्त बनेका छन् । तैपनि उनी ओली र सरकारलाई धावा बोलिरहेका छन्, यसैले पनि नेपालको लोकतन्त्र, विधी, विधानमा कति प्रतिवद्ध छन् भन्ने कुरा पुष्टि हुन्छ । तत्कालिन एमाले र माओवादी केन्द्रको एकता पछि नेकपा सवैभन्दा ठूलो पार्टी बनेको सत्य हो, यसो भन्दै गर्दा यसको नेतृत्व गरेको ओलीको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । चुनावी नारामा अबको प्रधानमन्त्री केपी ओलीको व्यानर सहित चुनावी माहोलमा गएको हो । नाकावन्दीको समयमा भारतले गरेको ज्यादतीका विरुद्ध उभिएको ओलीको राष्ट्रवादी अडानका कारण पनि नेकपालाई ठूलो दल बनाएको हो । तर त्यो सत्यता स्वीकार्न नसक्ने माधव नेपाल देश र जनताका लागि हैन केपी ओलीको क्रेज घटाउन हात धोएर लागे, त्यसको पटाक्षेप नेपालको नक्सा जारी गर्दा होस वा चीनसँगको पारवहन सम्झौता पछि पटक पटक देखिएको हो । सत्यलाई छोप्न सकिदैन । ओलीको क्रेजले आफ्नो भूमिका खुम्चिएको देख्ने नेपाल बहुमतका नाममा प्रचण्डसँग मिलेर यो अवधिमा ओलीमाथी अनगिन्ती रुपमा डण्डा बर्साइरहयो । यद्यपि नेपालको नेपालको त्यो वितण्डा एमाले हुँदा अल्पमतमा रहँदा समेत विधि र विधानको चर्को वकालत गर्ने नेपालको प्रवृत्तिले झन नाङ्गो बनाईदियो ।

    देशमा शुसासन र विकास हैन, अस्थिरताका कारक हुन नेपाल । जसले नेपालमा सधै अस्थिरताका लागि भूमिका खेलिरहे । ओली पार्टी अध्यक्ष हुन् र प्रधानमन्त्री पनि । यो यथार्थ स्वीकार्ने हिम्मत छैन नेपालमा त्यसैको कारण देशले सधै अस्थिरताका शिकार बन्न बाध्य बनिरह्यो । हिजो विधि र विधानको चर्को वकालत गर्ने नेपाल आज भने एमालेमा अल्पमतमा परिरहँदा पनि गुठको राजनीति गरेर देशलाई अस्थिर बनाउन कम्मर कसेर लागेका छन् । पार्टी र संसदीय दलमा अल्पमतमा रहँदा पनि पार्टीलाई नै चुनौती दिईरहेका छन् । के नेपालले आफैले उठाउदै गरेको विधि र विधान आफैले पालना गर्नु पर्देन ? पार्टीको बहुमतको निर्णय पालना गर्नु पर्देन ? आफू अनुकुलतामा मात्र विधि र पद्धतिका लागु हुने हो भने नेपालको पछाडी आम कार्यकर्ता र जनता किन लाग्ने ? आफू अध्यक्ष र प्रधानमन्त्री भए अग्रगामी हुने नभए पश्चगामी हुने नेपालको चिन्तन कहिलेसम्म ?

    पार्टी भित्र आफैमात्र योग्य भन्ने चिन्तन जबसम्म नेपालमा रहिरन्छ, तवसम्म एमाले सधै अस्थिर भईरहनछ, पार्टी अध्यक्ष हुने पार्टीको आफनै विधि र विधान छ, तर झयाल वाट छिरेर अध्यक्ष हुने दाउमा लागेका नेपाल ओलीको चट्टानी अडानका कारण असफल भयो । सधै आफैमात्र सर्वेसर्वा हो भन्ने सोच नै नेपालका लागी उनका निकटतम हरुका लागी घातक सिद्ध हुनेछ । पार्टीभित्र सर्वसम्मत हुन नसकेमा लोकतान्त्रिक विधिवाट चुनाव मार्फत अध्यक्ष हुने आधिकारिक वाटो हुदाँ हुदै वहुमतका डण्डाले आफै अध्यक्ष भएर ओलीलाई नै कारवाही गरेको घटनाले माधव नेपाललाई उठ्नै नसक्ने गरि पछारिदियो । आम जनता कस्ता छन् र के चाहन्छन् भन्ने भेउ समेत आंकलन गर्न नसक्ने नेपालको यो अवधिको गतिविधीले राजनैतिक जीवनमा नै ठुलो धक्का लगाईदियो । लामो समयसम्म राजनितिी गरेको नेपाल यो अवधिमा राजनैतिक संस्कार पनि देखाउन नसक्नु भनेको कमजोर मस्तिष्कको उपज शिवाय अन्य केहि होईन । व्यक्तिको उपादेयता सीमित अवधिका लागि मात्र हुन्छ भन्ने एकमात्र सत्यता समेत वुझन नसकेका नेपाल अवको राजनीतिमा विलिन हुने पात्र हुन् । सवैको अस्तित्व समान हुन्छ भुमिका मात्र अलग अलग हुन्छ भन्ने कुरा आत्मासात नेपालले गर्न सक्दैन भन्ने कुरा ओलीले अवको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरौ भन्दा आफै हुनुपर्दछ भन्दै नेपालले पदलोलुपताको चरम महत्वकांक्षा रहेको पुष्टि गरेको छ । ओली आफैले नयाँ पुस्ता भन्दा माधव नेपालले सहमती जनाएको भए नेपालको राजनीतिमा यो उथुलपुथुल हुने थिएन, जुन नेपालले वुझेर पनि आत्मासात गर्न सक्दैन । व्यक्ति सधै कसैको दास र अनुयायी वन्दैन भन्ने कुरा माधव नेपालले वुझन सकेनन् । आफै सर्वेसर्वा हुने चाहना माधवमा जस्तै उसका अनुयायीमा पनि होलान् भन्ने समान्य सर्वमान्य सिद्धान्त आत्मासात गर्नु नसक्दा अव माधवको राजनैतिक जीवन भनेको ईतिहासका लागि मात्र हुनेछ, नकि वर्तमानका लागी ! शक्ति र सत्ताका लागी नेपालले अव गर्ने हत्कण्डा भनेको पानीको फोका जस्तै हो । जुन फुटेपछि विलिन भएर जान्छ ।

    साभार- वि वि श्रेष्ठ