तनहुँ : तनहुँको व्यास नगरपालिका-३ स्थित खुलामैदान संरक्षण गर्न माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई बुझाइएको छ। खुलामैदान यथास्थितिमा राख्न माग गर्दै स्कूल अफ डेमोक्रेसीले सङ्कलन गरेको हस्ताक्षर अभियान बुधबार नगरप्रमुख न्यौपानेलाई बुझाइएको छ ।
खुलामैदानमा पार्क लगायतका संरचना निर्माण शुरु भएपछि स्कूल अफ डेमोक्रेसीले हस्ताक्षर अभियान चलाएको थियो । संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले हस्ताक्षर अभियानमा सहभागिता जनाउनेप्रति आभार व्यक्त गर्नुभयो ।